काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मेर मात्र नेपाली हुन नसक्ने बताएका छन् । सोमबार आफ्नो जन्मदिनको अवसरमा निर्मल निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘हामीभित्र नेपाल हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ ।’
पूर्वराजा शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
उनले अहिलेको समय वर्षाको समय भएकाले यो बेला बाढी, पहिरो डुबानजस्ता समस्या हुनेमा सचेत गराए । उनले भने, ‘यो बेला पानीजन्य बिमारीहरू पनि हुन्छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र विचार गरेर बस्नु मेरो आग्रह छ ।’
उनले आफ्नो जन्मदिनमा शुभकामना दिन आउनेलाई पनि धन्यवाद दिए ।


प्रतिक्रिया