काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको प्रष्टीकरण दिएको छ ।
माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै पार्टीले वाम एकताका लागि एमालेले कुनै प्रस्ताव नगरेको बताएको छन् ।
समाचारमा उल्लेख भएजस्तो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको कुरामा सत्यता नभएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन । एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको कुनै चर्चा छैन ।’



प्रतिक्रिया