काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिटायरमेन्ट (अवकाश) आफ्नो मर्जीको कुरा भएको बताएका छन् ।
सोमबार केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि देउवाले यस्तो बताएका हुन् ।
‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे,’ विश्वप्रकाशलाई जवाफ दिँदै देउवाले भने, ‘म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’
देउवाले केहीदिन अघि अब आफूले रिटायरमेन्ट लिने बेला भएको बताएका थिए । यसैमा शर्माले धन्यवाद भनेपछि देउवाले यस्तो बताएका हुन् ।
देउवाले पार्टी विधान र संविधान अनुसार पार्टीको १५ औं महाधिवेशन हुने पनि बताए । विधानले नियमित समय दिएको र संविधानले पनि ६ महिनाको समय दिएको देउवाले बताएका थिए ।
देउवाले त्यति भनिसकेपछि बैठकमा नेताहरूले हाँसो छुटेकाे थियाे । देउवाले पार्टीको विधानले पाँच वर्ष र संविधानको व्यवस्था अनुसार थप पाँच महिना अवधि दिएको समेत बताए ।
महामन्त्री शर्माले सभापति देउवाको प्रशंसा गर्दै २०८३ सालको असारमा प्रधानमन्त्रीमा पार्टीभित्रबाटै अरू कुनै व्यक्तिलाई अघि सारेर त्याग गर्न सुझाव दिएका छन् ।


प्रतिक्रिया