काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरेको ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को बिहीबार उद्घाटन गरेका छन् ।
राखेपले खेलाडीलाई नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको रुपमा नेसनल हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।
सेन्टरमा एकै पटक एक सयभन्दा बढि खेलाडीले अभ्यास गर्न सक्नेछन् । सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितको ३१ उपकरण राखिएको छ ।
अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायतका देशबाट ल्याईएको हो ।


प्रतिक्रिया