काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिका साथै जागरण अभियानको समीक्षा, सरकारका कामकारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी–पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल भइरहेको छ ।
आजकाे पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्मा अनुपस्थित छन् । शर्मा काठमाडाैंमै हुँदासमेत बैठकमा नगएपछि यसबारे माओवादीभित्रैबाट विभिन्न टिप्पणी हुन थालेको हो ।
कतिपयले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेको भन्दै शर्मा बैठकमा सहभागी नभएको दाबी गरिरहेका छन् । यसबारे पेरिसडाँडामै नेताहरूबीच टिकाटिप्पणी भएकाे छ । तर शर्माले भने आफू पूर्वनिर्धारित अरु कुनै कार्यक्रममा रहेकोले पदाधिकारी बैठकमा उपस्थित हुन नसकेको बताएका छन् ।


प्रतिक्रिया