इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट

इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट



काठमाडौं । इटाली पहिलोपल्ट आइसीसी टी २० विश्वकपमा छनोट भएको छ ।

युरोपेली क्षेत्रीय छनोटमा दोस्रो स्थानमा रहँदै इटालीले भारत र श्रीलंकामा हुने आगामी आईसीसी टी–२० विश्वकप २०२६ मा स्थान बनाएको हो ।

इटालीले ४ मध्ये २ खेलमा जित हात पार्यो । त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो ।

शुक्रबार ‍भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भएपनि इटाली छनोट भएको हो । नेदरल्याण्ड्स पनि जितका साथ विश्वकपमा स्थान बनाउन सफल भयो ।

यस जितसँगै नेदरल्याण्ड्सले ४ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट पक्का गर्‍यो भने इटाली ५ अंकसहित दोस्रो स्थानमा रह्यो ।

पछिल्लाे चार पटक टी २० विश्वकप खेलेकाे स्कटल्यान्ड भने याे पटक बाहिरिएकाे छ ।