युक्रेन युद्धमा रूसलाई उत्तर कोरियाको खुला समर्थन

युक्रेन युद्धमा रूसलाई उत्तर कोरियाको खुला समर्थन



काठमाडौँ । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूसलाई बिना सर्त समर्थन गर्ने घोषणा गरेको छ।

किम जोङ उनले रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोव नेतृत्वको टोलीसँगको भेटमा, मस्कोले लिएको सबै कदमको समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन्।

भेटमा दुवै पक्षले आपसी सम्बन्ध अझ बलियो बनाउने र जनताको समृद्ध भविष्य सुनिश्चित गर्न आपसी सहयोग बढाउने सहमति पनि जनाएका छन्।