यू–२३ एसियन कप छनोटका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा

यू–२३ एसियन कप छनोटका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा



काठमाडौं । ताजाकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोलीका निम्ति ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

आइतबार राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक नवीन न्यौपानोले प्रारम्भिक चरणबाट बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएका हुन् ।

छनोटमा नेपाल घरेलु टोली ताजाकिस्तानसँग समूह ‘के’मा छ । यस समूहमा नेपाल, ताजाकिस्तान, सिरिया र फिलिपिन्स छन् । छनोट सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ ।

प्रत्येक समूहबाट विजेता र उपविजेतामध्ये चार उत्कृष्ट टिमले आगामी जनवरीमा साउदी अरेबियामा हुने यू–२३ एसियन कपमा स्थान बनाउनेछन् ।

बन्द प्रशक्षिणमा बोलाइएका खेलाडीहरु :

गोलकिपर : क्रिशल मोक्तान, जयरात शेख, रुबिन बोगटी, अमित तमाता, विशाल केसी र विवेक मगर

डिफेन्डर : सिमन्त थापा, आयुश तिमिल्सिना, निग्मा लामा, शंकर थारू, आश्विन घोराशैनी, विशाल नेपाली, विवेश गुरुङ, राम थापा, अनिश परियार, सविन घिमिरे, सुदीप केसी, सेसान दानी, अभिषेक वाइबा र लाहान सुब्बा

मिडफिल्डर : दिपेश गुरुङ, अभि स्याङताङ, पुजन थापा, प्रकाश लक्साम, जनमजय धामी, सञ्जीव लामा, सरोज दर्लामी, पेम्बा लामा र रोजल दाहाल

फरवार्ड : निरज कार्की, सविन लुगेंली, निरन्जन धामी, अनिल बोम्जन, आरोन थापा, सुजन मगर, दीपेश चाम्लिङ राई, अनिश क्षेत्री, रोहन खड्गी, सुजन डंगोल र मोहित गुरुङ