यू-२० साफ महिला च्याम्पियनशिपमा नेपाल बंगलादेशसँग पराजित

यू-२० साफ महिला च्याम्पियनशिपमा नेपाल बंगलादेशसँग पराजित



काठमाडौं । यू-२० साफ महिला च्याम्पियनशिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको बसुन्धरा किङ्ग्स एरिनामा हिजो भएको खेलमा नेपाल ३–२ गोलले पराजित भएको हो ।

दोस्रो हाफमा राम्रो पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २–२ को बराबरीमा ल्याए पनि अन्तिम मिनेटमा बंगलादेशले १ गोल गरेपछि नेपाल पराजित भयो ।

डबल राउन्ड रोबिनमा हुने च्याम्पियनशिपमा चार देशको सहभागिता रहेको छ । पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको नेपालले अब श्रीलङ्कासँग भोलि खेल्नेछ । बंगलादेशले श्रीलङ्कालाई ९–१ ले हराएको थियो ।