अमेरिका। अमेरिकामा फेरि २ नेपाली बिद्यार्थीको निधन भएको छ। लुजियाना राज्यको एक राजमार्गमा आइतवार राति भएको सडक दुर्घटनामा २ नेपाली विद्यार्थीको निधन भएको हो। लुजियाना राज्य प्रहरीले जनाए अनुसार, आइतवार स्थानीय समय अनुसार राती करीब ९ बजे त्यहाँको एक राजमार्गमा भएको दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको निधन भएको हो। दुर्घटनामा अन्य २ घाइते भएका छन्। प्रहरीले घाइतेहरुको पहिचान खुलाएको छैन।
प्रहरीले दिएको जानकारी अनुसार, राजन यादवले चलाइरहेको होण्डा एकर्ड कार सडकबाट बाहिर गई दायाँतर्फको रुखमा ठोक्किएको थियो। रुखमा ठोक्किएको सोही गाडीमा आगलागी भएको र घटनास्थलमै सवारी चालक यादव र गाडीमासँगै रहेका ओलीको मृत्यु भएको थियो। उनीहरु गतवर्ष मात्र उच्च शिक्षाका लागि लुजियाना टेक युनिभर्सिटीमा आएको बुझिएको छ। वली नर्सिङ्ग विषयमा अध्ययनरत थिए।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दुर्घटनामा परेका ती नेपाली विद्यार्थीहरुले मादक पदार्थ सेवन गरेको वा नगरेको र कारको बेल्ट लगाएको वा नलगाएको भन्नेबारे पनि प्रहरीले केही बताएको छैन। यसैबीच युनिभर्सिटी प्रशासनले यो दु:खद घटनाका बारे जानकारी दिंदै मृतक नेपाली विद्यार्थीका नेपालमा रहेका अभिभावकसँग सम्पर्क गरेको जनाएको छ।


प्रतिक्रिया