काठमाडौं । चितवनको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ । चितवनको सिमलताल भन्ने ठाउँबाट मंगलबार राति एउटा मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।
नारायणगढबाट काठमाडौं तर्फ आउँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनि ट्रक अनियन्त्रित भएर खसेको हो । उक्त दुर्घटनामा भारतको लखनउ निवासी ट्रक चालक आशिक यादव र सहचालक उत्तर सिंह घाइते भएका हुन् ।
उनीहरू दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


प्रतिक्रिया