काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको डबल राउन्ड रोबिन लिगमा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दैछ । गत मङ्गलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो ।
आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।
प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अङ्कसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ६ अङ्क जोडेको नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।


प्रतिक्रिया