सिरहा। सिरहामा श्रीमान श्रीमतीको झगडा छुट्याउन गएका आफनै दाइमाथि भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको छ।गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाइमाथि खुकुरी प्रहार गर्दा विहीवार राति ३५ वर्षिय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो।
श्याम र उनकी श्रीमति कौशिल्या देवी सदाबीच घरायसी विवादका कारण झै–झगडा भई कुटपीट समेत हुन थालेपछि छुट्याउन पुगेका मोतिराममाथि खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट छातिमा गम्भीर घाउ लागेका मोतिरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जनाए।
उनले भने, ‘खुकुरी प्रहार गरी जंगलतर्फ भागेका श्यामको रातीबाटै खोजी कार्य भइरहेको छ। फरार रहेका सदालाई छिटै नै नियन्त्रण लिने जनाइएको छ। शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया