काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एन्फा यू–१६ युथ लिगमा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । शुक्रबार मनाङले हिमालयनलाई ४–२ ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मनाङलाई जित दिलाउन प्रकाश सिंहले दुई गोल गरे । त्यसैगरी, रोहन थापामगर र सन्देश तामाङले पनि समान एक गोल गरे । जवाफमा हिमालय शेर्पाका जेनिल सुब्बा र सांगे शेर्पाले समान एक गोल फर्काए ।
७४औँ मिनेटमा मनाङका प्रकाशले रातो कार्ड दर्शन गरेपछि टोली दश खेलाडीमा सीमित भएको थियो ।
यो नतिजासँगै मनाङले लिगमा १७ अंक बनाएको छ । मनाङले आठ खेल खेल्दा पाँच जित, दुई बराबरी र एक हारबाट १७ अंक बनाएको हो । उसले अब नवौँ खेलमा जावलाखेल युथ क्लबविरुद्ध खेल्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) दिउँसो १ हुनेछ ।
पराजित हिमालयन शेर्पाले भने नवौँ खेलमा सातदोबाटो युथ क्लबविरुद्ध खेल्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) दिउँसो ४ बजे हुनेछ ।


प्रतिक्रिया