युरो महिला फुटबलको उपाधिका लागि आज राति स्पेन र इंग्ल्यान्ड खेल्दै

युरो महिला फुटबलको उपाधिका लागि आज राति स्पेन र इंग्ल्यान्ड खेल्दै



काठमाडौं । युरो महिला फुटबल २०२५ को उपाधिका लागि आज राति स्पेन र इंग्ल्यान्ड खेल्दैछन् ।

स्पेन र इंग्ल्यान्डबीचको फाइनल खेल राति पौने १० बजे स्विट्जरल्यान्डको सेन्ट ज्याकोब पार्कमा शुरू हुनेछ । सेमिफाइनलमा इंग्ल्यान्डले इटालीलाई र जर्मनीले स्पेनलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

इंग्ल्यान्ड प्रतियोगिताका पूर्वविजेता हो । सन् २०२२ मा भएको अघिल्लो संस्करणमा जर्मनलाई हराउँदै इंग्ल्यान्डले उपाधि जितेको थियो ।

यस्तै स्पेन विश्व विजेता हो । सन् २०२३ मा भएको फिफा महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई हराउँदै स्पेन विजेता बनेको थियो ।