नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा



काठमाडौं । नेपालको होरा ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होरा पब्जी ई स्पोर्ट्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो ।

नेपालसँगै सेन्ट्रल एशिया र साउथ एशियाबाट पब्जी विश्वकपमा मात्र तीन टिम सहभागी छन । पछिल्लो नतिजासँगै होरा ई स्पोर्ट्सले करिब पौने १ करोड रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ ।

नेपालबाट होरा ई स्पोर्ट्समा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको फाइनल राउण्डमा मात्र १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित ८ करोड रुपैयाँ पाउनेछ ।

अब फाइनल राउण्ड अगस्ट १ देखि ३ सम्म गरी कुल १८ खेल हुनेछ ।