धनुषा । आइतबार बिहान ६:३० बजेको अद्यावधिक अनुसार, पछिल्लो ६ घण्टामा धनुषा जिल्लास्थित तुलसी वर्षामापन केन्द्र र सर्लाही जिल्लास्थित परवानीपुर तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सो क्षेत्रमा बहने स–साना खोलाहरूमा पानीको बहाव केही बढ्न सक्ने सम्भावना रहेको हुँदा स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
विभागले वर्षाका कारण नदी–नाला र खोला किनारमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन र आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा जान सुझाव दिएको छ ।


प्रतिक्रिया