महानगरका प्रमुख र उपप्रमुखमा उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै

महानगरका प्रमुख र उपप्रमुखमा उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । ‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते विहान ११ बजे बस्ने भएको छ,’ कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ग्लाेब नेपालसँग भने ।

आजकाे बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।