किशोरी करणी अभियोगमा एक जना पक्राउ

किशोरी करणी अभियोगमा एक जना पक्राउ


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रहरीले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरी रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरि प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।