माओवादीसँग एकतामा नजाने नेकपा एसका असन्तुष्ट नेताहरूको निचोड

माओवादीसँग एकतामा नजाने नेकपा एसका असन्तुष्ट नेताहरूको निचोड



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले माओवादीसँग एकता गरिहालेमा आफूहरू त्यसमा सहभागी नहुने निष्कर्षमा अर्को पक्षका नेता पुगेका छन् ।

सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग निकट केन्द्रीय नेताले आइतबार शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा अलग्गै छलफल कार्यक्रम आयोजना गरेका थिए ।

पार्टीले सञ्चालन गरेको ‘सुशासन र रोजगारी समाजवादको तयारी’ शीर्षकको आन्दोलन कार्यक्रमका सचिवसमेत रहेका पूर्वमन्त्री जीवनराम श्रेष्ठ उक्त भेलाका सूत्रधार थिए । उनैले ‘माओवादीसँग एकता हुन लागेको बेला एकताको वार्तामा सहभागी नभएका साथीहरूको धारणा के हो ?’ भन्ने मुख्य शीर्षकमा छलफल गर्नका निम्ति नेताहरूलाई बोलाएको सहभागी एक केन्द्रीय सदस्यले बताएका छन् ।

आन्दोलनद्वारा पार्टी निर्माणको अभियानमा जाने, ‘सुशासन र रोजगारी’ का नारा बोक्ने, तर पार्टीको अध्यक्षलाई भ्रष्टाचारको मुद्दा लागिदिँदा आन्दोलनको बेहाल भएको नेता श्रेष्ठले छलफलमा सहभागी नेताले बताए ।

सहभागी नेताका अनुसार माओवादी केन्द्र वा कोहीसँग पार्टी एकता गरेमा त्यसलाई स्वीकार नगर्ने साझा निष्कर्ष निकालेकाे छ ।

बोलाएको बैठकसमेत सारेर अध्यक्ष नेपालले निरंकूशता प्रदर्शन गरेको उनीहरूको भनाइ थियो ।