काठमाडौँ । नेपाली काँग्रेसले जनताको करबाट उठेको रकमलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय निर्वाचनका लागि सार्वजनिक सङ्कल्प पत्रमार्फत काँग्रेसले विभिन्न ७ वटा ‘नगर्ने कामहरू’ को सूची सार्वजनिक गरेको छ । जसमा भ्यूटावर र स्वागतद्वारा लगानी नगर्नेदेखि नातेदार वा परिवारका सदस्यलाई नियुक्ति नदिने लगायतका विषय उल्लेख छ ।
काँग्रेसले नगर्ने घोषणा गरेका कामहरू:
१. जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौँ ।
२. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन गर्दैनौँ, गर्न दिने छैनौँ ।
३. कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौँ ।
४. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौँ ।
५. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गई अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौँ, गर्न दिने छैनौँ ।
६. कानुन, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लङ्घन गर्दैनौँ ।
७. महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैङ्गिक विभेद, सामाजिक विकृति र विसङ्गतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्षरूपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौँ ।
प्रतिक्रिया