एमाले विधान महाधिवेशनको आज दोस्रो दिन, समूहगत छलफल गरिने

एमाले विधान महाधिवेशनको आज दोस्रो दिन, समूहगत छलफल गरिने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज समूहगत छलफल गरिने भएको छ ।

पहिलो दिन अध्यक्ष के.पी. शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका छन् ।

आज स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतले प्रवेश पाउने सम्भावना छ । आफ्नो फरक मतमा थापाले पार्टी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे कुरा पनि उठाएका छन् ।

विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।