एमाले विधान महाधिवेशन सम्पन्न : २९ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)

एमाले विधान महाधिवेशन सम्पन्न : २९ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)

कम्युनिष्ट पार्टी स्थापनाकाे ७५ वर्षमा फेर्याे झण्डामा अंकित हँसिया हथौडाको रंग



काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै विधान महाधिवेशन सम्पन्न भएको हाे ।

ललितपुरको गोदावरीमा भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा तीन मुख्य प्रस्तावसहित केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू पनि सर्वसम्मत पारित भएका छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिष्ट पार्टीहरुको लोगो हँसिया हथौडाको रंग एमालेले फेरेको छ । सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।

त्यसैगरी महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई दोहोर्‍याएको छ । उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
महाधिवेशनले २९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

पारित भएकाे समसामयिक प्रस्ताव :