काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
सोमबार (भदौ २३) बसेको सचिवालय बैठकले ‘जेनजी पुस्ता’को आन्दोलनबारे विशेष प्रस्तावको निर्णय गर्दै सामाजिक सञ्जाल खोल्न माग गरेको छ ।
“यो हदै भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार ! सामाजिक सञ्जाल खुला गर,” बैठकको निर्णयबारे प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने ।
आन्दोलनका क्रममा जनताको ज्यान लिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिएको उनले बताए । “यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ,” बैठकको निर्णयबारे उनी भन्छन् ।


प्रतिक्रिया