काठमाडौं । नेकपा एमालेले अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ ।
महासचिव शंकर पाेखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ ।’
महासचिव पोखरेलले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्ने बताएका छन् ।
उनले विज्ञप्तिमा नेतृत्वदायी भूमिका लिन राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन् । ‘संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ,’ पोखरेलले विज्ञप्तिमा लेखेका छन् ।





प्रतिक्रिया