काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको छ ।
राष्ट्रपति कार्यालय स्रोतले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको जानकारी गराएको छ । तर प्रधानमन्त्री निकट स्रोतले भने जेनजीका प्रतिनिधिसँगको सहमतिमा प्रतिनिधिसभा विघटन भएको बताएका छन् ।
जेनजीले गरेको आन्दोलनपछि उनलाई नेपालको संविधान बमोजिम अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
यसैबीच फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तय भएको छ ।



प्रतिक्रिया