कारागार फर्किए रवि लामिछाने

कारागार फर्किए रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल रविसँगै कारागारसम्म गएका थिए । जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।

आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको गुनासो छ ।