काठमाडौं । सशस्त्र प्रहरी बलले जेनजी आन्दोलनका क्रममा नियन्त्रणमा परेका हतियार र सुरक्षासामग्री फिर्ता गर्न आग्रह गरेको छ।
एक विज्ञप्ति मार्फत सशस्त्र प्रहरीले केही व्यक्ति तथा समूहले आफ्नो नियन्त्रणमा लिएका हतियार, गोलीगठ्ठा, पोशाक, सञ्चार उपकरण लगायतका सामग्री सुरक्षित रुपमा नजिकको कार्यालयमा बुझाउन अनुरोध गरेको हो।
सुरक्षा पोशाक र सामग्री दुरुपयोग गरी सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक भइरहेका भन्दै सशस्त्रले यसबारे खबर वा सूचना भए तत्काल नजिकको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
यसअघि केही सामग्री फिर्ता आइसकेको उल्लेख गर्दै सशस्त्रले बाँकी रहेका वस्तु फिर्ता गर्नेहरु प्रति आभार व्यक्त गरेको छ। साथै, सामग्रीबारे जानकारी भएमा नजिकैको कार्यालय वा टोल–फ्री नं. १११४ मा सम्पर्क गर्न तथा अन्य सुरक्षा निकायलाई खबर गर्न समेत अनुरोध गरिएको छ।


प्रतिक्रिया