काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् ।
जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।
सबिता नेपालको इतिहासकी प्रथम महिला न्यायाधिवक्ता हुन् । कार्की आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीमा छिन् ।
आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै पाँच जना व्यक्तिसँग छलफल सुरू गरेकी हुन् ।
उनी पनि नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन् । त्यसै प्रतिनिधिसभा विघटन गरिएको छ भने फागुन २१ गते निर्वाचन गर्ने घोषणा भइसकेको छ ।


प्रतिक्रिया