काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।
उनले भने, ‘पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ ।’
आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उनले बताए । उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’
पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।


प्रतिक्रिया