मन्त्री पद भारतीय दूतावासको निगाहमा !

मन्त्री पद भारतीय दूतावासको निगाहमा !



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश नगरेकै कारण मन्त्री बन्नबाट बन्चित भएको खुलासा गरेका छन् । देशकै नेतृत्व गर्न भनेर धरानबाट दलबलसहित काठमाडौं आएका साम्पाङको मन्त्री बन्ने प्रयास जारी रहेको बुझिएको छ । तर उनले भारतीय राजदूतको दर्शन गरेर कुनै हालतमा मन्त्री नबन्ने अडान लिएका छन् ।

डिस्कर्डमार्फत् भएको मतदानले सुशीला कार्कीलाई प्रधानमन्त्री छानेपछि देशको नेतृत्व गर्ने हर्क साम्पाङको सपना विपनामा परिणात हुन सकेन । त्यसपछि उनको मन्त्री बन्ने दौडधुप सुरु भएको हो । यही दौडधुपमा हर्कलाई जेन–जीको एउटा समूहले भारतीय दूतावास छिर्न सुझाव दिएका हुन् । भारतीय दूतावास छिरेपछि मन्त्री पक्का बन्ने सुझाव उनलाई जेन–जीको एउटा समूहले दिएको थियो ।

जेन–जीबाट यस्तो सुझाव प्राप्त गर्नुअघि हर्क सामपाङले आन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । प्रधानमन्त्री कार्कीलाई भेट्न पनि धेरै मेहनत गर्नुपरेको सामाजिक सञ्जालमा लेखेका छन् । त्यत्ति धेरै मेहनत गरेर प्रधानमन्त्री कार्कीलाई भेटे पनि हात लाग्यो शुन्य भएपछि हर्कलाई जेन–जीको एउटा समूहले भारतीय दूतावास छिर्न सुझाव दिएको हो ।

जेन–जीको यो सुझावविरुद्ध हर्कले अर्को कडा स्टाटस सामाजिक सञ्जालमा लेखेका छन् । आफू कुनै हालतमा भारतीय दूतावासमा प्रवेश नगर्ने, बरु मन्त्री बनेपछि भारतीय राजदूत फुल बोकेर भेट्न आउने आसय उनको स्टाटस छ ।

जेन–जीको एउटा समूहले रमाइलो गर्न हर्क साम्पाङलाई भारतीय दूतावास जान सुझाव दिएका हुन् अथवा वर्तमान सरकार भारतकै इसारामा बनेको हो कि भन्ने आशांका जन्मेको छ । जेन–जी आन्दोलनको पूर्वजानकारी भारत सरकारलाई हुनु, प्रधानमन्त्री कार्कीलाई भारतको विदेश मन्त्रालय र प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रुपमा बधाई र शुभकामना दिएका छन् ।

कुरा यत्तिमै सकिँदैन, भारतीय इसारामा नाँच्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जेन–जी आन्दोलनको हर्ताकर्ता बनाइनु र सिंहदरबार जलाइनुलाई पनि वर्तमान सरकार निर्माणसँग जोडेर हेर्ने थालिएको छ । ठूलो धनजनको क्षति व्यहोरेको नेपालले सेप्टेम्बर ८ को यो घटनाको सत्यतथ्य बाहिर नल्याएसम्म अनुमान मात्र लगाउन सकिन्छ ।