पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रचण्ड

पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका छन् ।

उनी मंगलबार मध्याह्न पार्टी कार्यालय पुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आजैदेखि पार्टी काममा फर्किएका छन् ।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौंको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो ।

त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।

तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो ।