पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जेनजी आन्दोलनको जाँचबुझ आयोग गठन

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जेनजी आन्दोलनको जाँचबुझ आयोग गठन



काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।

गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन् ।

आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छुन । आयोलाई तीन महिनाको समय दिइएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ ।