काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । स्रोतका अनुसार महाबीर पुनलाई शिक्षा मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
त्यसैगरी पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मदन परियारलाई कृषि मन्त्री, संगिता मिश्रलाई स्वास्थ्य र जगदिश खरेललाई सूचना मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको छ ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया