काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त ४ जना मन्त्रीहरूले शपथ लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा. मदन परियारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपराह्न आयोजित समारोहमा शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले यी मन्त्रीहरू नियुक्त गरी शपथग्रहण गराएका हुन् ।
यसअघि प्रधानमन्त्री कार्कीसहित ३ जना मन्त्रीले शपथ लिएका थिए ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ भएको छ ।
पूर्वप्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।


प्रतिक्रिया