गुन्डुमा एमाले अध्यक्ष ओली सार्वजनिक

गुन्डुमा एमाले अध्यक्ष ओली सार्वजनिक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।

भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता-कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्वजनिक भएका थिएनन् ।

२३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ ।

संसद विघटनलाई प्रमुख राजनीतिक दलहरूले गैरसंवैधानिक भन्दै आएका छन् । नयाँ परिस्थितिपछि नेपाली कांग्रेस, माओवादी र रास्वपा लगायतका दलहरूले पार्टी कमिटीका औपचारिक बैठक बोलाएपनि एमालेले भने अहिलेसम्म बैठक बोलाएको छैन ।