बालुवाटार पुगेर जेन जी अभियन्ता मिराजले भेटे प्रधानमन्त्री

बालुवाटार पुगेर जेन जी अभियन्ता मिराजले भेटे प्रधानमन्त्री



काठमाडौं । जेन जी अभियन्ता मिराज ढुंगाना आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर अनौपचारिक कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएकाे छ ।

जेनजी आन्दोलनको सरुवाती गृहकार्यमा सक्रिय भएका मिराज आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई उनकै निवासमा गएर भेटेपछि विवादित बनेका थिए । उनले आफू प्रसाईंलाई आन्दोलनमा नआउनु भनेर सम्झाउन गएको प्रष्टीकरण दिएका छन् ।

ढुंगाना जेनजी आन्दोलनमा भने सहभागी नै भएनन् । केही युवाहरुले आफू आएमा विरोध गर्ने भनेर ‘थ्रेट’ दिएकाले नगएको उनको भनाइ छ । उनको फुलको व्यवसाय छ ।

आन्दोलनपछि सुधन गुरुङ जेनजी लिडर बनेर चर्चामा आए । सुधनले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ ।

ढुंगाना आन्दोलनमा नदेखिएपछि उनको खोजी भयो । उनले आफूलाई धाकधम्की आएको प्रष्टीकरण दिए । अहिले भने उनी फेरि बाहिर देखिन थालेका छन् । यही सिलसिलामा उनले प्रधानमन्त्री कार्कीसँग भेटेका हुन् ।