काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यतालिका तय गरेको छ ।
आयोगको सोमबारको बैठकले कार्यतालिका पारित गरेको हो । जसअनुसार निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
“कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति २०८२/७/३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया