निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गयोः शंकर पोखरेल

निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गयोः शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय निर्माणको औचित्य अझ बढेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा राख्दै उनले राष्ट्रसामु नयाँ चुनौती थपिएको तर सामना गर्नुको विकल्प नरहेको बताएका हुन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन,’ उनले फेसबुकमा लेखेका छन् ।