काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज कुपण्डोलस्थित एक होटलमा बस्दै छ । बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् ।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलले स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने बताए । उनले भने, ‘पदाधिकारीबीच अनौपचारिक छलफल हो । उहाँ उपस्थित हुनुहुन्न । अरू कुनै कारण छैन ।’
देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नेछन् ।
सभापति देउवा स्वकीय सचिव भानु देउवाले अनौपचारिक बैठक भएकाले सभापति देउवा नजाने बताए । उनले भने, ‘केन्द्रीय समितिको एजेण्डा बारेको छलफल गर्न अनौपचारिक बैठक हो । उपसभापतिले हेर्नुहुन्छ ।’
दिउँसो १ बजे बस्ने बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया