जेनजी आन्दाेलनमा बल प्रयाेग गर्न आदेश दिएकाे थिइनँ : रमेश लेखक

जेनजी आन्दाेलनमा बल प्रयाेग गर्न आदेश दिएकाे थिइनँ : रमेश लेखक



काठमाडौं । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनै पनि आदेश नदिएको दाबी गरेका छन् ।

आज पार्टीको पदाधिकारी बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘जेन–जी आन्दोलनका क्रममा प्रहरीलाई बल प्रयोग गर्नका लागि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दियो भन्ने कोणबाट पनि कुराहरू आइरहेका छन् । जोसुकै गृहमन्त्री र प्रधानमन्त्री भए पनि यसरी आदेश दिने कुरा हुँदैन । आन्दोलनकारीमाथि बल प्रयोग गर्ने कुनै पनि आदेश दिइएको छैन, भनिएको छैन ।’

लेखकले आन्दोलनको पहिलो दिन भदौ २३ गते ठूलो जनधनको क्षति भएका कारण आफूले पदबाट राजीनामा दिएकाे पनि उल्लेख गरेका छन् ।