काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै १२ नयाँ राजनीतिक दलले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।
आयोगका सूचना अधिकारी सुमन घिमेरेका अनुसार ती दलहरूले निर्वाचन ऐनअन्तर्गत आवश्यक कागजात र विवरणसहित निवेदन दिएका हुन् ।
आयोगले प्राप्त निवेदनहरूको प्रारम्भिक अध्ययन सुरु गरेको र सबै आवश्यक मापदण्ड पूरा गर्ने दलहरूलाई दर्ता प्रक्रिया अगाडि बढाइने जनाएको छ । सूचना अधिकारी घिमिरेले भने, ‘कानुनी मापदण्ड पूरा भएका दलहरूलाई छिट्टै दर्ता प्रमाणपत्र प्रदान गरिनेछ ।’
हालसम्म आयोगमा १२२ वटा राजनीतिक दल आधिकारिक रूपमा दर्ता छन् । नयाँ दलहरूको दर्ता प्रक्रिया सुरु भएपछि आगामी निर्वाचनमा राजनीतिक प्रतिस्पर्धा अझ चर्किने अनुमान गरिएको छ ।


प्रतिक्रिया