काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गएकाे आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकले अहिले कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । याे प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ ।
ग्लोबल आईएमई ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत २ वटा विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेस्ट बैंकका रूपमा सम्मानित बैंक हो ।


प्रतिक्रिया