बालेन शाह र सुदन गुरुङविरुद्ध सिरहामा जाहेरी

बालेन शाह र सुदन गुरुङविरुद्ध सिरहामा जाहेरी



सिरहा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी परेको छ ।

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले उनीहरूविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।

जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादा विपरीत आपत्तिजनक अभिव्यक्ति दिएको र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ ।

राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो ।