काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताए ।
योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’
साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञानमन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।
अब कुनै पनि पार्टीमा नलाग्ने उनले दोहोर्याए ।
आफू बैठकमा सहभागी नहुँदा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित कुनै संवाद नभएको उनले बताए । महाधिवेशनका विषयमा सुझाव लिन चाहे अनौपचारिक रूपमा आफूले दिने उनले स्पष्ट पारे ।
उनले भने, ‘प्रचण्डजीलाई हामीसँग कुरा गर्ने फुर्सद कहाँ छ र ! जेनजीको भावनाअनुसार त अगाडि बढ्नुभएको जस्तो लाग्दैन, सुझाव लिन चाहे दिन्छु ।’


प्रतिक्रिया