१७ वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै

१७ वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै



काठमाडौं । एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग खेल्दैछ । याे खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा बेलुका सवा ५ बजे शुरू हुनेछ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७ गोलले हराएको थियो ।

समूह ‘एफ’ मा नेपालसँगै तुर्कमेनिस्तान र थाइल्यान्ड रहेका छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपमा खेल्न पाउने छ ।