काठमाडौं । इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न सिक्किम जाने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो ।
त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले आउँदो शुक्रवार ७ गते इरानसँग र कात्तिक १० गते भारतसँग खेल्नेछ । २ वटै खेल शिलोङको जवाहरलाल नेहरु रङ्गशालामा हुनेछ ।
त्यसपछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ । यो खेल फिफा विन्डो अन्तर्गत नभएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।
प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी ‘साम्बा’, पूजा राई, एञ्जिला तुम्बापो सुब्बा नेपाल आएका छन् ।
फिफा वरीयतामा नेपाल ८९औं स्थानमा छ । यस्तै भारत ६३औं र इरान ७०औं स्थानमा छन् ।


प्रतिक्रिया