इरानविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक

इरानविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक



काठमाडौं । इरान, नेपाल र भारत सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक भएको छ ।

शुक्रबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्यप्रशिक्षक नवीन न्यौपानेले सावित्रा भण्डारीको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

टिममा यसअघि अतिरिक्त गोलकिपरमा सीमित भएकी एन्जिला तुम्बापो सुब्बा पहिलो रोजाइमा परेकी छन् । त्यसैगरी, चोटका कारण मैदानबाहिर रहेकी हिरा कुमारी भुजेलले पुनरागमन गरेकी छन् ।

खेल भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयानुसार आज साँझ ६ः१५ मा सुरु हुनेछ ।

इरानले उद्घाटन खेलमा घरेलु टोली भारतलाई २–० ले पराजित गरेको थियो ।

यस्तो छ नेपालको सुरुवाती–११
पूजा राना, विमला बिक, समीक्षा घिमिरे, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सावित्रा भण्डारी (कप्तान), रेखा पौडेल, प्रीति राई, एन्जिला तुम्बापो सुब्बा, सविता राना मगर, निशा ठोकर ।