नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो

नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो



काठमाडौं । काभा कप पुरुष भलिबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ ।

बङ्गलादेशको ढाकामा चलिरहेको प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । प्रतियोगिता अन्तर्गत हिजो घरेलु टोली बंगलादेशसँग भएको खेलमा नेपाल ३–२ सेटमा पराजित भएको थियो ।

यस्तै आफ्नो पहिलो खेलमा नेपाल अस्ति तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।