मन्त्रालयको सबै बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको पहिलो निर्णय

मन्त्रालयको सबै बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको पहिलो निर्णय



काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक (छलफल) लाइभ गर्ने निर्णय गरेका छन् ।

उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका हुन् ।